५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

गंगामाया अधिकारीकोे जिवन रक्षाको लागि अपिल


२९ पुस २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं । न्यायविनाको जीवन नजिउने भनी आमरण अनसनरत गंगामाया अधिकारीको जीवन रक्षाको लागि अपिल गरिएको छ ।

२०७७ साल पुस ६ गते देखि बीर अस्पताल स्थित ट्रमा सेन्टरमा १२औं आमरण अनसनमा रहेकी अधिकारीको स्वास्थ्य अवस्था दिनानुदिन थप जटिल बन्दै गइरहेको भन्दै जीवन रक्षाको अपिल गरिएको हो ।

द्वन्द्व पीडित साझा चौतारी नेपालले एक विज्ञप्ती जारी गर्दै न्याय प्राप्तिको अभियानमा अनसनरत गंगामायाको जीवन रक्षाका लागि गम्भीर ध्यानाकर्षण भएका जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ – ‘आफ्नो कान्छो छोरा १७ बर्षीय कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न अपराधीलाई कारबाही गर्न अनसनरत अधिकारीको माग सम्वोधनका लागि सरकारको तर्फबाट हालसम्म कुनै पनि पहल नहुनुले समेत सरकार द्वन्द्वबाट पीडित समुदायको पीडा उपर संवेदनशिल नभएको स्पष्ट छ । गंगामाया अधिकारी आफ्नो छोराको हत्याको निष्पक्ष छानविन र न्यायको मागप्रति द्वन्द्व पीडित साझा चौतारी एैक्यबद्धता जाहेर गर्दै अनसनरत अधिकारीको जीवन रक्षाका लागि तत्काल आवश्यक पहलकद्मी लिन सरकारसंग जोडदानर माग गर्दछ ।’

साथै विश्वसनीय प्रक्रियाबाट सर्वोच्च अदालतको फैसला वमोजिम तत्काल संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधन गर्न एवम् सक्षम, निष्पक्ष र स्वतन्त्र आयोग पुनर्गठन गरी आम द्वन्द्व पीडितलाई सत्य, न्याय र परिपूरण प्रदान गर्नुपर्ने राज्यको दायित्व प्रति सरकारलाई पुनः सजग गराउन चाहन्छौ –विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : २९ पुस २०७७, बुधबार ००:००