२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

Breaking

सूर्य चिन्ह नपाए देशमा आँधिहुरी आउछ : प्रचण्ड


२९ पुस २०७७, बुधबार ००:००

0
Shares

पुस, २९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको पक्षमासूर्य चिन्ह नआए देमा आँधिहुरी बतास चल्ने चेतावनी दिएका छन् ।

नेकपाको काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै प्रचण्डले चुनाव चिन्ह आफूहरुको पक्षमा नभए ‘कयामत’ हुने चेतावनी दिएका हुन् ।

सम्बोधन गर्दै प्रचण्डले भने– ‘निर्वाचन आयोगले विश्वास दिलाएको छ । सूर्य चिन्ह र पार्टीको आधिकारिकता हाम्रै हुन्छ । यदि भएन भने यहाँ ‘कयामत’ आउछ, यो देशमा आँधिहुरी वतास आउछ । केपी ओलीले संविधाान मिचेर छुरा धसे जस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर बस्दैनन् ।’

दुई तिहाई बहुमतले हटाइसकेको केपी ओलीलाई निर्वाचन आयोगले अध्यक्षकै रुपमा मानेर पत्राचार गरेकोमा पनि आफूहरुले आपत्ति जनाइसकेको बताए ।

प्रकाशित : २९ पुस २०७७, बुधबार ००:००