२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

Breaking

भारतीय न्यूज च्यानल जी न्यूजका पत्रकारले गरे सगरमाथामा भारतको दाबी


२९ पुस २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं । भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्‍याउने गरी आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । विगत देखिनै नेपालको विषयमा आपत्तिजनक समाचार प्रशारण गर्दै आएको जी न्यूजले अहिले फेरि नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएको छ ।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिनुपर्ने बताएका हुन् ।

समाचारमा भनिएको छ–‘हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्दथ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने । ’

गत सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन नेपाल आएकाजी न्यूजका सम्पादक ९विवादित पत्रकार० सुधीर चौधरीले सगरमाथाको आधार शिविर ९बेसक्याम्प० कालापथ्थरमै पुगेर सगरमाथा ९एभरेस्ट०मा भारतले पनि दाबी गर्नुपर्ने बताएका हुन् ।

सन् १८५२ मा राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ मापन गरेको भन्दै उनले सगरमाथाको नाम समेत उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।

यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो ।

प्रकाशित : २९ पुस २०७७, बुधबार ००:००