५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

आज पृथ्वी जयन्ती मनाइदै


२७ पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं । आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गरी मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे(चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।

उनको योगदानको स्मरण गर्दै आज राजधानी लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

प्रकाशित : २७ पुस २०७७, सोमबार ००:००