६ बैशाख २०८१, बिहिबार । April 18, 2024

ट्राभल

थारको त्यो आकर्षक फोटो




काठमाण्डौ । गत कार्तिक महिनाको तेस्रो हप्ता स्याङबोचे एयरपोर्ट नजिक रहेको एभरेष्ट भिउपोइन्ट होटल छेउ घुम्न निस्किए । बिहानीपख खुलेको दिन, आँखै अगाडीका हिमाल, सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्य मनोरम दृष्यहरु क्यामरामा धमाधम कैद गरिरहेका थिए ।

त्यो ३८ मिटर उचाईमा टेकेर देखिने मनहारी दृष्यहरुमा यति डुबेछु की एकहोरो क्यामराको सटर दबाई रहेका थिए । सानो गोरेटामा पारिपारिमा हेरेर स्नेपहरु लिइरहेका थिए । अलि परतिर पुगेर यसो उभो फर्किएर हेरेको टाउँकैमा एउटा अनौठो तर आकर्षक जनावर देखे । करिब तीन मिटरको दुरीमा ढुंगामाथी ठिङरिङ्ग उभिएको थियो । अरु कुनै कुरा नसोची त्यो जनावरतिर लेन्स सोझ्याए । दुई स्नेप खिचेपछि त्यो जनावर बेतोडले ओरालो दौडियो । डौडिएतिर लेन्स सोझ्याएर सटर दबाए । तर अचानक लिइएको यो पहिलो स्नेपको फोटो नै आकर्षक लाग्यो ।


जीवनमै पहिलो पटक देखेको यो जनावरको फोटो होटल पुगेर साथीहरुलाई देखाए । उनीहरुले भने थार भनेको यहि हो ।
सामान्यतय यो जनावरलाई थार भनिन्छ । नेपालीमा झारल । यसको वैज्ञानी नाम हेमिट्रेगस जेम्लाहाइकस (Hemitragus jemlahicus) हो । यो पनि विभिन्न प्रजातीका हुन्छन् । मेरो क्यामरामा कैद भएको चाही हिमालयन थार हो ।

यो अरु प्रजाती भन्दा ठूलो हुन्छ । यो भाले हिमालयन थार हो । यसको सिङ्ग मोटो आर्कषक छ । थार २५ सयदेखि ५ हजार मिटरको उचाईमा पाइन्छ । यसको बासस्थान खासगरी भिरालो ठाउँ हो । त्यस क्षेत्रमा पाइने बोटविरुवा यसको आहारा हो ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००