८ जेष्ठ २०८१, मंगलबार । May 21, 2024

समाचार

बुलिङटार जेसिजको अध्यक्षमा श्रेष्ठ


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

नवलपरासी । बुलिङटार जेसिजको अध्यक्षमा सन्दीप कुमार श्रेष्ठ चयन भएका छन् ।

नवलपुर जिल्ला सुस्तापूर्वको पहाडी भेग बुलिङटार गाउंँपालिकामा शनिबार आयोजित एक बिशेष भेलाबाट सर्वसम्मत श्रेष्ठ चयन भएका हुन् ।

शनिबार भएको पहिलो भेलाले श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको कार्यकारिणी उपाध्यक्ष पदमा तेजमान श्रेष्ठ, भविलाल राना, कानुनी सल्लाहकारमा ऋषिश्वर बकावल, महासचिव पदमा सुवाष देवकोटा, कोषाध्यक्ष पदमा ऋषिराम गिरी चयन भएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा विमला वाग्ले पौडेल,लोक प्रसाद रामदाम,प्रदिप कंडेल र अर्जुन पुलामी रहेका छन् भने सचिव पदमा बुद्ध प्रसाद रानाभाट, सहकोषाध्यक्ष त्रेता बस्ताकोटी चयन भएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउंँपालिका उपाध्यक्ष मैना विकले बुलिङ्गबार जेसिजमा आबद्ध युवाहरुले गाउंँपालिकाका आर्थिक,सामाजिक , सांस्कृतिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बुलिङटार जेसिजले सँस्थामा आवद्ध युवाहरुलाई बुलिङटारको विविध क्षेत्रको खोजअनुसन्धान,विकास, समृद्धि सँगै व्यक्तित्व विकासमा अगाडि बढ्न प्रोत्साहित गर्ने बताए ।

कार्यक्रमा गैंडाकोट जेसिजका अध्यक्ष दया सापकोटा,पूर्व अध्यक्ष बद्री सापकोटा, कृष्णहरि सापकोटा र प्रमेश आचार्य लगायतको उपस्थिति रहेको थियो। भेलामा सहभागीहरुलाई जेसी बद्री सापकोटाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम गैंडाकोट जेसिजका पूर्व अध्यक्ष जेसि कृष्णहरि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । बुलिङटार जेसिजको मातृसँस्थाको रुपमा गैंडाकोट जेसिज रहनेछ ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००