२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

समाचार

माघ १ गते सार्वजनिक बिदा


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं। सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले माघे सक्रान्ती तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय ले गरेको हो ।

राष्ट्रिय सभाको आइबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माघ १ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका हुन्। माघ १ गते थारु समुदायले माघी पर्व र अन्यले माघे संक्रान्ति मनाउने गरेका छन्।

केही वर्ष यता सरकारले विभिन्न पर्व तथा दिवसको विदा कटौती गर्ने क्रममा माघे सक्रान्तिको विदा पनि हटाएको थियो। तर लुम्बिनी प्रदेश सरकारले भने प्रदेशमा २ दिन सार्वजनिक विदा दिने गरेको थियो।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००