४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

अर्थ

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लिबीच सम्झौता


२४ पुस २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लिबीच सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमिकर्मसियल (Heavy and Light Commercial Vehicle) खरिदमा माछापुच्छ्रे बैंक लिमिटेडले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिप्रदी ट्रेडिङ्ग प्रा.लिको तर्फबाट अध्यक्षश्री राजनबाबु श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री सन्तोष कोइरालाज्यूले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखाकार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्ग प्रा.लिका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँकर्मसियल र सेमिकर्मसियल (Heavy and Light Commercial Vehicle) खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवाप्रदानगर्नेछ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्मआफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जालतथा १९९ वटा एटीएमहरु तथा १हजार भन्दा बढिपिओएस (POS Machine) मार्फत बाट ग्राहकमहानुभावहरुलाई अत्याधुनिकप्रविधिसहित सम्पुर्ण माछापुच्छ्रे सुबिधाप्रदान गरीरहेको छ ।

प्रकाशित : २४ पुस २०७७, शुक्रबार ००:००