७ श्रावण २०८१, सोमबार । July 22, 2024

Uncategorized

रियाषा र बद्री फिचर्ड प्रताप र एन्जिलाको ‘प्रेमिका’ सार्वजनिक (भिडियो )




 डान्स स्टुडियो ”डी वाक”को निर्माणमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीत ‘प्रेमिका’मा डी पी खनालको शब्द र भिम बि सी को संगीत रहेको छ । बद्री बिस्ट र रियाषा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी वाक र नेपाली ठिटोज टिमले साथ दिएका छन ।
  बद्री बिस्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ  ।
युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बनाइरहेको भिडियो निर्माता डी वाक’ले यो भिडियोलाइ पनि पहिलाको भिडियो हरुलाई जस्तै युवायुवतीहरुले मन पराउने विश्वास लिएको  छ ।

प्रकाशित : २३ पुस २०७७, बिहिबार ००:००