६ श्रावण २०८१, आइतबार । July 22, 2024

समाचार

सरकारको वार्षिक उपलब्धिसहितको प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत


२३ पुस २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौ । सरकारले काम र प्राप्त गरेको उपलब्धिसहितको वार्षिक प्रतिविेदन राष्ट्रपति समक्ष पेश गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६÷०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन् ।

राष्ट्रिय सुरक्षा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेश गरेको सहायक प्रवक्ता घिमिरेले जनाएका छन् ।

प्रकाशित : २३ पुस २०७७, बिहिबार ००:००