६ श्रावण २०८१, आइतबार । July 21, 2024

समाचार

पार्टी एकता जोगाउन प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो : वामदेव गौतम


२३ पुस २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउन राजीनामा दिनुपर्ने बताएका छन् ।

आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै गौतमले भने–‘पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो ।’

गौतमले प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएकोसमेत गुनासो गरे ।

आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उनले प्रतिनिधिसभा भंग गर्दा आफूलाई नसोधिएको गुनासो गरेका हुन् । उनले भने, ‘उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्यपूर्ण हुनेछ ।’

पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले संसद भंग गरेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीसामू पार्टी एकता जोगाउने अन्तिम पटक अवसर थियो ।’

प्रकाशित : २३ पुस २०७७, बिहिबार ००:००