६ श्रावण २०८१, आइतबार । July 22, 2024

समाचार

नेपालमा थपिए ५२२ जना कोरोना संक्रमित, थप ८ जनाको मृत्यु


२१ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ७८ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८९३ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । अहिलेसम्म नेपालमा १९ लाख ५७ हजार ४५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३४२ रहेको छ ।

प्रकाशित : २१ पुस २०७७, मंगलबार ००:००