९ श्रावण २०८१, बुधबार । July 24, 2024

समाचार

काठमाडौं विश्वकै १ नम्बर प्रदुषण सहरमा, विज्ञहरु भन्छन्-अनावश्यक बाहिर ननिस्कनु


२१ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं । काठमाडौं विश्वका सबैभन्दा पहिलो प्रदुषण भएको सहरमा परेको छ ।

मौषमा आएको परिवर्तनसँगै काठमाडौंमा वायु प्रदुषण बढेको हो ।

विज्ञहरुल स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै अनावश्यक काममा घर बाहिर ननिस्किन आग्रह गरेका छन् ।

विश्वकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमले अनुसार काठमाडौंको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको बताएको हो । उक्त वेबसाइटका अनुसार काठमाडौंमा वायुको गुणस्तर खराबको सूचीमा १ नम्बरमा रहेको छ । वायु प्रदूषणको तह सबैभन्दा धेरै हुने शहरको सूचिमा काठमाडौं पहिलो नम्बरमा पुगेको हो । त्यसमा गत सोमवार एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो भने आज मंगलवार ४०३ मा झरेको छ । यद्यपि विश्वका विभिन्न शहरहरुको सूचीमा नेपाल शीर्ष स्थानमै रहेको छ । नेपालपछि क्रमशः किर्गिस्तानको बिश्केक, भियतनामको हनोइ, चीनको वुहान, पाकिस्तानको कराँची, अफगानिस्तानको कावुल, बंगलादेशको ढाका, भारतको मुम्बइ लगायतका अत्याधिक वायु प्रदूषण भएको देखिन्छ ।

प्रकाशित : २१ पुस २०७७, मंगलबार ००:००