१० चैत्र २०८०, शनिबार । March 24, 2024

Life Style

जोडिले कति पटक यौन सम्बन्ध राख्दा राम्रो


२१ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं । कुनैपनि व्यक्तिको सम्बन्ध अझ बलियो बनाउनका लागि यौनको निकै महत्वपूर्ण भूमिका हुन्छ । दुई व्यक्तिबीचको सम्बन्ध मात्रै होइन यसले दुई जनाबीचको समझदारी र सम्बन्धलाई पनि बलियो बनाउँछ । जसले गर्दा खुशीले भरिएको जीवन बिताउँन थप मद्दत पुग्छ । यौनलाई सबैभन्दा खुशीको रुपमा लिईएपनि कति पटक गर्ने भन्ने विभिन्न खाले तर्कहरु अघि सर्दै आएका छन् ।

आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राखेर यौन सम्बन्ध स्थापित गर्नु एकदमै राम्रो मानिन्छ । हालै गरिएको एक अध्ययनले हप्तामा कति पटक यौन सम्बन्ध राख्दा राम्रो हुन्छ तथ्य बाहिर ल्याएको छ । यौन जोडीकाबीच इन्टिमेसीको अध्ययन गरियो र त्यसमा केही रोचक नतिजा देखियो ।

आर्काइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार, एक जना विवाहित जोडीलाई वर्षमा ५१ पटक यौन सम्बन्ध राख्नुपर्ने देखायो । यसको मतलव हप्तामा एक दिन अनिवार्य सेक्स गर्नु राम्रो हो ।

वर्षैपिच्छे यौन सम्बन्ध गर्नेको संख्यामा कमि

सन् २००० र २००४ कोबीचमा भएको एक अध्ययनले विवाह भइसकेका जोडी जति पटक यौन सम्बन्ध राख्छन् त्यस संख्यामा कमी आएको देखाएको छ । आफ्नो कामको व्यस्ताले, मानिसक तनाव जस्ता कारणले मानिसको यौन शक्तिमा ह्रास आएको देखाएको हो ।

वर्षैपिच्छे यौन सम्बन्ध राख्ने जोडीको संख्यामा कमि हुँदै गएको अध्ययनले देखाएको हो । लगभग दुई दशक पहिलेको तथ्यांकको तुलनामा जोडिहरु अब ९ गुना कम यौन सम्बन्ध राख्ने गरेका छन् ।

शिकागो विश्वविद्यालयद्वारा गरिएको अध्ययन द सोशल अर्गनाइजेशन अफ सेक्शुएलिटीः सेक्शुअल प्रैक्टिसेज इन द यूनाइटेड स्टेट्स’ ले लगभग एक तिहाई जोडीहरु हप्तामा दुईदेखि तीन पटक सम्म सेक्स गर्छन्, जबकी केहि जोडीले भने महिनामा एक वा दुई अथवा तिन पटक मात्र सेक्स गर्ने गर्छन् ।

जर्नल अफ सोशल साइकोलोजिकल ऐन्ड पर्सनेलिटी साइन्समा प्रकाशित एक अध्ययनका अनुसार जो जोडी सातामा एक पटक यौन सम्पर्क गर्छन्, उनीहरु सबैभन्दा खुशी देखिन्छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित : २१ पुस २०७७, मंगलबार ००:००