७ श्रावण २०८१, सोमबार । July 22, 2024

समाचार

कसरी चिसोबाट नवजात शिशुलाई बचाउने , यस्तो छ जानकारहरुको सुझाव


२० पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं । भर्खर जन्मिएका बच्चाहरु असाध्यै नाजुक हुन्छन् । हाम्रो सानो गल्तीले उनीहरुलाई ठूलो असर पुर्याउन सक्छ । तर, हाम्रै सानो प्रयासले उनीहरुमा सकारात्मक प्रभाव पनि पर्न सक्छ । मालिस गर्नु पनि त्यही सानो प्रयासको एउटा पाटो हो ।

अनुसन्धानकर्ताहरुले यो पत्ता लगाएका छन् कि जुन बच्चालाई जन्मिएदेखि नै हरेक दिन राम्रोसँग मालिस गरिएको हुन्छ उसको शारीरिक र मानसिक विकास तुलनात्मक रुपमा छिटो हुन्छ, रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ र उनीहरु स्वस्थ्य हुन्छन् ।
अभिभावकले आफ्ना बच्चाको समग्र विकास र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न गर्न सक्ने केही कामहरु यस प्रकार छन् स्

हत्केला–पैंतालाको मालिस

नवजात शिशु वा साना बच्चाहरुको हत्केला वा पैंतालालाई हल्का मालिस गरिदिएमा उनीहरु सहज महसुस गर्छन् । हरेक दिन यसो गर्ने रुटिन बनाउनाले उनीहरुलाई सजिलै र आनन्दसँग निदाउन सक्छन् ।

वेलावेला छुने–सुम्सुम्याउने

साना बच्चालाई छुन, चलाउन मन लाग्नु स्वभाविक हो । अभिभावकहरु त झन् बच्चासँग सकेसम्म धेरै समय खेलिरहने पनि गर्छन् । यसो गर्नाले बच्चाको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने वैज्ञानिक अनुसन्धानले समेत प्रमाणित गरिसकेको छ । जो व्यक्तिलाई शिशु अवस्थामा वा सानो छँदा अभिभावकले बढी सुम्सुमाएको वा छोएको हुन्छ ठूलो भएपछि उनीहरु मानसिक रुपमा बढी स्वस्थ्य हुन्छन् ।

मलिस गर्ने

मालिस वयस्कहरुका लागि मात्र नभएर शिशुहरुका लागि पनि तनावमुक्तिको भरपर्दो उपाय हो । बच्चालाई मालिस गरिदिँदा उनीहरु सुरक्षित र आनन्द महसुस गर्छन् । साथै कब्जियत, ग्यास, ऐंठनजस्ता समस्याबाट ग्रसित शिशुलाई पनि आराम दिलाउँछ । दैनिक रुपमा मालिस गर्नाले शिशुको विकासमा मद्दत पु(याउँछ ।

पेटमाथि बसाउने–सुताउने

बच्चासँग खेल्ने क्रममा उनीहरुलाई आफ्नो पेटमा, ढाडमा राख्ने गरिन्छ । तर, यसो गर्नु खेलको पाटो मात्र नभएर यसले उनीहरुलाई बस्न, घिस्रन सहयोग पु(याउँछ र उनीहरुको मांसपेशी बलियो हुन्छ ।

कम्पन

बच्चा रुन कराउन थाल्दा सबैभन्दा पहिला उनीहरुलाई बोकेर हल्लाइन्छ । यसो गर्दा उनीहरु कम्पित हुज्छन् जसले उनीहरुलाई आराम दिलाउँछ । अचम्मको कुरा त के छ भने, ड्रायर वा वासिङ मेसिनले दिने कम्पनले पनि शिशुलाई त्यस्तै आनन्द दिने गर्छ । अनुसन्धानकर्ताहरु यो पनि भन्छन् कि त्यस्ता उपकरणले निकाल्ने आवाज र शिशुले आमाको गर्भाशयमा हुँदा सुन्ने आवाज एकै किसिमको हुन्छ ।

गाडीमा निदाउँछन् बच्चाहरु‘

बच्चा धेरै रोइकराइ गरेमा गाडीमा सरररर घुमाउन लगेमा उनीहरु सहजै निदाउन सक्छन् ।

रुनासाथ भोक लाग्यो भन्ने हुँदैन

आम अभिभावकमा के गलत अवधारणा छ भने बालबच्चाहरु रुन थाल्नु भनेको उनीहरुलाई भोक लागेको हो । हार्वार्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘रुँदै गरेको बच्चा फकाउनलाई जबरजस्ती खाना खुवाउनु गलत हो ।’

प्रकाशित : २० पुस २०७७, सोमबार ००:००