१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

प्रचण्ड–नेपालपक्षको स्थायी कमिटी बैठक : जिम्मेवारीबारे टुंगो लगाउन नेपालको संयोजकत्वमा कार्यदल गठन


१९ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल आज गठन गरेको छ ।
उक्त कार्यदलले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने, साथै पार्टीका सम्पुर्ण विवादलाई मिलाइने नेताहरूको भनाइ छ।

आज पेरिसडाँडामा अध्यक्ष नेपालको अध्यक्षतामा स्थायी कमिटी बैठक बसेको थियो।

स्थायी कमिटी सदस्य योगेश भट्टराईले दिएको जानकारीअनुसार अध्यक्ष नेपालको संयोजकत्वमा नयाँ कार्यदल बनेको छ।

स्थायी कमिटी बैठक सोमबार १ बजे फेरि बस्ने पनि भट्टराईले बताए। बैठकका लागि आज एजेन्डा पनि तय भएका छन्।।
प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने संघर्षका कार्यक्रम पनि घोषणा गरिसकेका छन्।

आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूबारे र ओलीले पार्न सक्ने प्रभावलगायत एजेन्डामाथि सोमबारको स्थायी कमिटी बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

प्रकाशित : १९ पुस २०७७, आइतबार ००:००