६ श्रावण २०८१, आइतबार । July 22, 2024

समाचार

कांग्रेसले घोषणा गर्यो संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन


१९ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं । नेपाली कांग्रेससको आज बसेको केन्द्रीय समितीको बैठकले सरकारले गरेको संघिय संसद विघटनकाविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७ सय ५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको एक नेताले जानकारी दिए ।

यसअि एक बजेका लागि बोलाईएको बैठकमा आन्दोलनका कार्यक्रमबारे दुई पक्षबीच कुरा मिल्न सकेको थिएन ।

सभापति शेरबहादुर देउवा चुनावमा जानु पर्ने पक्षमा छन् भने नेता रामचन्द्र पौडेल पक्ष आन्दोलनमा जानु पर्ने पक्षमा थिए।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले विरोध गरीरहेको छ ।

प्रकाशित : १९ पुस २०७७, आइतबार ००:००