५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Uncategorized

नयाँ प्रजातिको कोरोना भित्रिएको आशंका


१२ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १२ पुष । सरकारले कोरोना भाइरसको नयाँ प्रजाति नेपालमा भित्रिएको छरछैन पत्ता लगाउन काम अघि बढाएको सरकारले जानकारि दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले युरोपमा देखिएको कोरोनाको नयाँ प्रजाति नेपालमा पनि भित्रिएको हुनसक्ने भन्दै पत्ता लगाउन काम अघि बढाइएको जानकारी दिएका छन् ।
उनले त्यसका लागि बेलायतबाट आउने व्यक्तिहरूको परीक्षण गर्ने काम भइरहेको बताएका छन् ।पुस ७ गतेसम्म बेलायतबाट नेपाल आउने ३ सय ७७ जना छन्। उनीहरूको परीक्षण भइरहेको छ। कसैको पोजेटिभ देखिए नयाँ भाइरस होरहोइन भनेर पत्ता लगाउन जिन सिक्वेन्सिङु गर्छौं, उनले भने।सह प्रवक्ता अधिकारीले अहिलेसम्म परीक्षण भएकामध्ये कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको बताए। बेलायतमा नयाँ प्रजातिको कोरोना देखा परेको पाइएपछि सरकारले पुस १ देखि ७ गतेसम्म बेलायतबाट आउने मानिसलाई अनिवार्य ुहोटल क्वारेन्टिनु मा बस्न अपिल गरेको थियो। साथै नजिकका सरकारी प्रयोगशालामा गएर परीक्षण गराउन पनि भनेको जानकारि प्राप्त भएको छ । नयाँ प्रजातिको कोरोना छ छैन भन्ने यकिन् गर्न केहि समय लाग्ने बताएको छ ।

प्रकाशित : १२ पुस २०७७, आइतबार ००:००