१ जेष्ठ २०८१, मंगलबार । May 15, 2024

अर्थ

सेयर बजारका लगानीकर्ताले एकै दिन गुमाए १ खर्ब ६५ अर्ब



काठमाडौं । सेयर बजारका ३० लाख लगानीकार्ताको एकैदिन १ खर्ब ६५ अर्ब गुमेको छ । नेप्से परिसुचक १ सय २३ दशमलव ३४ अंकले ओरालो लागेको हो । आईतबार निर्जीवन बिमा समूहको परिसुचक सबै भन्दाबढी गिरावट आएको छ ।
एकैदिन लगानीकर्ताले १ खर्ब ६५ अर्ब ३२ गुमाउँदा सेयर ब्रोकरले भने कमिसनबाटै करिब ३ करोड ५० लाख रुपैयाँ कमाएका छन् । बिहीबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको हो ।
एकाएक नेप्सेमा गिरावट आउनुमा राष्ट्र बैंकको मौद्रिक समीक्षा र अस्थिर नीति भएको संघीय संसद्को अर्थसमितिले जनाएको छ ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार ००:००