५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

खेलकुद

रोनाल्डो ७५० गर्दै पेलेको रेकर्ड नजिक



काठमाण्डौ । फुटबलर क्रिस्टियानो रोनाल्डोले ७ सय ५० गोल पूरा गरेका छन् । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत युभेन्ट्सले डाइनामो किभलाई पराजित गरेको खेलमा गोल रोनाल्डोले ७५० गोल पूरा गरेका हुन्।

युभेन्ट्सले ३–० गोलको विजय हासिल गर्र्दा रोनाल्डोले टिमका लागि दोस्रो गोल गरेका थिए।
जारी सिजनमा रोनाल्डोको यो १०औं गोल हो। च्याम्पियन्स लिगमा भने सिजनको दोस्रो गोल गरेका हुन्।
फुटबल करिअरमा सर्वाधिक गोल गर्ने रेकर्ड जोसेफ विकानको नाममा छ। ८०५ करिअर गरेका उनले अस्ट्रिया र चेक दुई देशका लागि खेलेका थिए।

दोस्रो स्थानमा ब्राजिलका रोमारियो छन्। उनले ७७२ गोल गरेका थिए। तेस्रो स्थानमा रहेका ब्राजिलका पेले ७६७ गोल गरेका थिए। रोनाल्डो पेलेको रेकर्ड नजिक पुगेका छन् ।

प्रकाशित : १९ मंसिर २०७७, शुक्रबार ००:००