५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु



काठमाडौं। पछिल्लो विवरण अनुसार वितेका २४ घण्टामा थप ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमध्ये २ जना महिला र ७ जना पुरुषहरु रहेका छन् ।

मृत्यु हुने महिलाहरुमा मोरङकी ६४ वर्षीया, झापाकी ४५ वर्षीया रहेका छन् । भने मृत्यु हुने पुरुषहरुमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३७ वर्षीय, काठमाडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय साथै चितवनका ७० वर्षीय रहेका छन् ।

प्रकाशित : २१ भाद्र २०७७, आइतबार ००:००