५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

प्रवासमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या २ सय पुग्यो



काठमाडौं । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसबाट प्रवासमा रहेको २ सय नेपालीको ज्यान गएको छ ।

कोरोनाको संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय पुगेको हो । गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईमा कार्यरत नेपाली रहेका छन् । योसँगै हिजो साँझसम्म विदेशका विभिन्न १६ देशमा क्रमणका कारण मृत्यु हुने नेपालको संख्या २ सय पुगेको हो ।

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ ।

प्रकाशित : २१ भाद्र २०७७, आइतबार ००:००