१ जेष्ठ २०८१, मंगलबार । May 15, 2024

खेलकुद

अहो जीतु राई अब सुबेदार मेजर



The Indian President, Shri Pranab Mukherjee presenting the Rajiv Gandhi Khel Ratna Award to Shri Jitu Rai for Shooting, in a glittering ceremony, at Rashtrapati Bhavan, in New Delhi on August 29, 2016.

ईटहरी ।
संखुवासभा मुलघर भई भारतीय सेनाको गोर्खा रेजिमेण्टमा कार्यरत जीतु राई सेनाको सुबेदार मेजर भएका छन् ।

Photo: The Economic Times

गत २६ अगस्ट् २०२० मा एक समारोह गरी उनलाई पदोन्नती गरिएको हो । हाल ३२ बर्ष उमेर पुगेका जीतुले खेलकुदको माध्यमबाट धेरै योगदान दिए वापत उनी त्यस पदमा यति चाँडै पुग्न सफल भएका हुन् । उनी विभिन्न दुरीको सुटिङ खेलमा प्रतिस्पर्दा गर्ने गरेका छन् । उनले अहिले सम्म कम्तिमा १४ अन्तिराष्ट्रिय प्रतिस्पर्दामा भाग लिएर मेडल जीतिसकेका छन् । जस मध्ये पाँच वटा गोल्ड मेडलहरु छन् । २०१४ मा मात्र ७ वटा अन्तराष्ट्रिय प्रतिस्पर्दामा भाग लिएका उनी त्यतिबेला १० मिटर एयर पेस्तोलको विश्व बरियतामा नम्बर वान थिए । अहिले पनि उनी तेश्रो नम्बरमा रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।


जीतु राईलाई अहिलेसम्म भारत सरकारले राजिव गान्धी खेल रत्न पुरस्कार, पद्यमश्री पुरस्कार, नागरिक सम्मान लगायतले सम्मानित गरिसकेका छन् । जीतुको बारेमा भारतीय ठुला मिडियाहरुमा यत्रतत्र चर्चागरेको पाईन्छ ।भारतमा जति नामी छन , त्यतिकै मिजासिला पनि छन् , उनलाई बुझ्नेहरु बताउँछन् । खासगरी उनलाई प्रत्यक्ष चिन्ने पुर्वी र पश्चिमी गोर्खा रेजिमेण्टमा कार्यरतहरु सवैलाई उनको बारेमा बुझ्नखोजे भने, अहो जीतु राई भनेर तारिफ सुरु हुन्छ ।

जीतुको २५ सेप्टेम्बर २०१८ मा सिक्किमका किकबक्सिङ खेलाडी सुष्मिता राईसंग बिवहा भएको थियो । बिवहामा सिक्किमका मुख्यमंत्री पवन चाम्लिङको समेत उपस्थिति थियो । अहिले जीतु र सुष्मिताको एक सन्तान छोरा नाम जिसु जन्मिसकेको छ ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार ००:००