५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

नेपाल-भारत सीमामा काँडेतार र भिषाको माग गर्दै सर्वोच्चमा रिट दर्ता



नेपाल–भारत सीमामा काँडेतार लगाएर दुवै देशबीच आवागमनका लागि भिषाको व्यवस्था गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता शालिकराम सापकोटा, सुवास विश्वकर्मा, गीता शाह र नवल खड्काले संयुक्त रूपमा आइतबार (आज) सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्।

रिट निवेदनमा सीमा सुरक्षा र संरक्षणका लागि उचित कानून बनाउन सङ्घीय संसदसँग माग गरिएको छ। सशस्त्र प्रहरी बल नेपालको ऐनमा संशोधन गर्दै सम्पूर्ण अधिकार सहितको एउटा छुट्टै सीमा सुरक्षा इकाई गठन गर्न पनि आवश्यक रहेको निवेदनमा उल्लेख छ। यससँगै नेपाल–भारत प्रवेशमा एक अर्काले अन्य देशसरह अध्यागमन कानून लागू गर्न माग गरिएको छ।

निवेदनमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सङ्घीय संसद प्रतिनिधिसभा सचिवालय, सङ्घीय संसद राष्ट्रियसभा सचिवालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, राष्ट्रिय सुरक्षा परीषदको कार्यालय, परराष्ट्र रक्षा र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।

अदालतले असार ९ गते पेशी तोकेको छ। भारतले देशको विभिन्न जिल्लाको ७१ स्थानमा ६० हजार ६६२ हेक्टर जमिन अतिक्रमण गरेको छ।

प्रकाशित : ७ असार २०७७, आइतबार ००:००