२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

नागरिकता छानबिन गरी रद्द गर्न न्यायीक आयोग गठन गर्नुपर्छः राप्रपा अध्यक्ष थापा



तस्बिरः फेसबुकबाट।

काठमाडौं ७, असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकजना अध्यक्ष कमल थापाले नागरिकता ऐन् २०६३ अनुसार दशौं लाख विदेशीले विभिन्न प्रकारको नागरिकता लिएको गम्भीर टिप्पणी गरेका छन्।

उनीहरूले ऐनअनुसार ३ जनाको सिफारिसमा नागरिकता लिएको उनको भनाई छ। त्यसरी लिएको नागरिकताबारे छानबिनका लागि न्यायीक आयोग गठन गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले आयोगले छानबिन गरी त्यस्ता नागरिकताको प्रमाणपत्र रद्द गरिनु पर्ने बताए। उनले राप्रपाले वि.स.२०६४ सालदेखि नै माग गर्दै आएको पनि ट्वीटमार्फत भनेका छन्।

विदेशी बुहारीलाई नेपाली नागरिकता कति वर्षमा दिने भन्ने विषयमा दलहरूबीच मत भिन्नता छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रबार ७ वर्षपछि मात्रै विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिनेबारे निर्णय गरेको थियो।

नेपाली कांग्रेसले नेकपाको उक्त निर्णय संविधानविरोधी रहेको जनाएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब, वरिष्ठ नेता डा. बाबुराम भट्टराई लगायतले पनि नेकपाको निर्णयको बिरोध गरेको छ।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी, साझा पार्टी नेपाल लगायत दलले भने ७ वर्ष पछि मात्रै विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिनु पर्ने भन्दै समर्थन जनाएका छन्।

प्रकाशित : ७ असार २०७७, आइतबार ००:००