२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

अर्थ

३ सय विदेशी लिएर पेरिस उड्यो कतार एयरवेज




काठमाण्डौ, २० वैशाख । लकडाउनको कारण नेपालमा रोकिएका विभिन्न मुलुलका ३ सय ९ विदेशी नागरिक लिएर कतार एयरवेजको वाइडबडी फ्रान्सतर्प उडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फ्रान्सेली दूतावासले चार्टर गरेको जहाज कतारको दोहा हुँदै पेरिस पुग्नेछ । जहाजमा युरोपेली मुलुक, दक्षिण अफ्रिका, अमेरिका, क्यानाडा इजरायललगायत नागरिक छन् ।२०७६ चैत ११ देखि सरकारले देशभार लकडाउन गरेको छ । पछिल्लो पटक आगामी वैशाख २५ सम्म लकडाउनको अवधी थपिएको छ । नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडान आगामी जेठ २ गतेसम्म प्रतिबन्ध गरिएको छ ।

प्रकाशित : २० बैशाख २०७७, शनिबार ००:००