६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

धरानमा कांग्रेसका तिलक राई विजयी



काठमाण्डौ, १६ मंसिर । सुनसरीको धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । नेकपाको लालकिल्लाको रुपमा परिचित धरानमा कांग्रेसले २८ बर्षपछि चुवान जितेको हो । ०४८ पछि धरानमा कांग्रेसले कुनैपनि चुवान जितेको थिएन ।

तिलकले २६,७०९ मत प्राप्त गरेका हुन् । नेकपाका प्रकाश राईले २३,९१४ मत पाए । तिलक राई २७९५ को फराकिलो मतान्तरले विजयी बने ।

गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचत तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन भएको हो । गत निर्वाचनमा समेत तिलक राई चुनाव लडेका थिए ।
पूर्व नेकपा एमाले एक्लै निर्वाचन जित्दै आएको धरानमा पूर्व माओवादीसंग एकिकरण भएपछि पनि हार व्यहोर्नुले ठूलै अर्थ राख्ने स्थानीय बताउँछन् ।

शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।

प्रकाशित : १६ मंसिर २०७६, सोमबार ००:००