६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

पाँचथरको फाल्गुनन्दमा नेकपाका बीरबहादुर कुरुम्बाङ बिजयी




पाँचथर । शनिबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्र्तगत पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पाटी नेकपाका बीरबहादुर कुरुम्बाङ बिजयी भएका छन ।
कुरुम्बाङले ५ हजार ३ सय ६९ मत प्राप्त गरेका छन् र उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काग्रेसका बुजाहाङ आङदेम्बेले ४ हजार ५ सय ६३ मत प्राप्त गरे । भने समाजबदीका बिमला आङदेम्बे नेम्बाङले ३ सय २० मत प्राप्त गरेकी छिन् । कुल १६ हजार ५ सय ७७ मतदाता मध्ये १० हजार ८ सय २३ मत खसेको थियो । ८ सय ५ मतको अन्तरले कुरुम्बाङ बिजयी भएका हुन । खसेको मत मध्ये १सय ७९ मत बदर भएको थियो

प्रकाशित : १६ मंसिर २०७६, सोमबार ००:००