२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

ग्लोबल

हिन्दू धार्मिक नेतृ हेमानन्द भन्छिन “नेपाल किरातीहरुको देश हो”



मोरङ । हिन्दू धार्मिक नेतृ हेमानन्द गिरीले नेपाल किरातीहरुको देश भएकोले अब सुतेर बस्न नहुने बताएकी छ्न ।

नेपालको १६ औं बिभूती फाल्गुनन्द लिङ्देनको १३५ औं जन्म जयन्तिको अवसरमा झापामा आयोजित कार्यक्रममा हिन्दू धार्मिक गुरु शंकराचार्य हेमानन्द गिरीले नेपाल किरातीहरुको देश हो भनेर बोलेकि थिइन । किरातीहरु सुतेर बस्नु नहुने जाग्नुपर्ने भनेको भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियो किराँती समुदायवीच आदान प्रदान गरि हेर्ने र सुन्ने सुनाउने भइरहेको छ । गिरीले हिन्दूहरुको स्वस्तानी कथामा महादेव नै किराँती भेष धारण गरेको प्रसंग उल्लेख गरेकी छन ।

नेपालमा आदिवासी जनजाती, दलित र महिला उत्पीडनमा परेको उल्लेख गर्दै एकजुट भएर संघर्ष गर्नुपर्ने बताएकी छ्न । केही बाठाहरुले किरातीहरुलाई रावणको सन्तान भनेर सत्तामा पुग्न बाटो छेक्ने प्रयास गरेको भन्दै त्यसो नभइ किरातेश्वर महादेवको शन्तान भएको गिरीको भनाइ छ ।

हिन्दू धर्ममा महिलाले चण्डी, गिता पढ्नु नहुने, गायत्री जप गर्न नहुने, शालिग्राम पुज्न नहुने अनि महिला पनि शंकरचार्य भनेर पुरुषले विभेद गर्ने गरेको बताएकी छन ।

केही समूहले किराती राई समुदायको तीन चुला उखेल्न प्रयत्न गरिरहे प्रसंग उल्लेख गर्दै त्यसो गर्न दिन नहुने उनले बताकि छन । देशको धर्म संस्कृति कमजोर भए राज्य कमजोर हुने र विदेशीले हेप्ने, हस्ताक्षप गर्ने हेमानन्दको भनाइ छ ।

फाल्गुनन्द गुरुले समुदायलाई मादक पदार्थबाट मुक्त गराउनुको साथै सादा बस्त्रमा ल्याएर देवतुल्य काम गरेको गिरीको भनाई छ । १ नम्बर प्रदेशको आउने हिउदे अधिवेशनमा नामकरणको छलफल हुनलागेको बेला इलामको माङ्सेबुङ गाउँपालिका स्थित लारुम्बामा केन्द्र रहेको फाल्गुनन्दको १३५ औं जयन्तिको अवसरम्म किराँती समुदाय अगाडिको बर्षहरु भन्दा यो बेला बढी कृयाशील देखियका छन ।

हरेक बर्ष कार्तिक २५ मा माहागुरु फाल्गुनन्दले जन्म जयन्ती मनाउने प्रचलन छ । यो बर्ष पनि प्रदेशको विभिन्न जिल्लामा भएको कार्यक्रममा धर्मगुरु आत्मान्द लिङ्देन, मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लिम्बू र जिल्ला अनुसार संघीय र प्रदेश सभासदस्यहरुको समेत सहभागिता रहेका थिए ।

यसै क्रममा हिन्दू धर्मको पहिलो महिला शंकरचार्य घोषित हेमानन्द गिरीले नेपाल किरातीहरुको देश भन्ने मन्तव्य दिएकी छन ।

यद्यपि करिव एक बर्ष अघि हेमानन्दलाई एउटा पक्षले शंकराचार्य घोषणा गरेपनी अर्को पक्षले विवाद सिर्जना गर्दै आएको बुझिएको छ ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार ००:००