३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

राजधानीको सडकका खाल्टाखुल्टी राम्रैसंग देखेको छु : बसन्त कुमार नेम्वाङ



काठमाण्डौ ५ मंसिर । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले राजधानी उपत्यकाको सडकको खाल्टाखुल्टीको अवस्था राम्रैसंग थाहा भएको बताएका छन् ।
बिहीबार शितल निवासमा सपथ लिएर सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हाले लगत्तै पत्रकारहरुको प्रश्नमा नेम्वाङले यस्तो बताएका हुन ।

राजधानीको सडक स्तरोन्नती आफ्नो पहिलो प्राथमिकतामा रहेको नेम्वाङले बताए । उनले भने राजधानीको सडकको अवस्था सुधार हाम्रो प्राथमिकतामा छ । साथै देशभर निर्माण क्षेत्रमा देखिएका दिलासुस्तीलाई गति दिन्छौ । जनताको सुख र समृद्धिको सपनालाई साकार पार्न आफु लगायत मन्त्रालयका पुरा टिम लाग्ने समेत उनले बताए ।

बुधबार मन्त्रपरिषद् पुनर्गठन हुदाँ नेम्वाङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनलाई मन्त्रालयमा निवर्तमान मन्त्री रघुवीर महासेठ, सचिव तथा मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।
पाँचथरका पतिनिधिसभा सदस्य नेम्वाङ यस अघि वि.स. २०४८ र वि.स. २०५६ मा समेत साँसद भएका थिए ।

प्रकाशित : ५ मंसिर २०७६, बिहिबार ००:००