५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

मुख्य खबर

नेम्वाङ्ग मन्त्री बन्ने खबरले जिल्लावासी उत्साहित




पाँचथर ३ मंसिर । नेकपा नेता तथा पाँचथर जिल्लाका प्रतिनिधिसभा सदस्य बसन्त कुमार नेम्वाङ्ग मन्त्री बन्ने खबरले जिल्लावासी उत्साहित बनेका छन् ।


आइतबार बसेको नेकपा सचिवालय बैठकबाट मन्त्रिपरिषद हेरफेर गर्ने एजेण्डा औपचारीक रुपमा अगाडी बढेसंगै मन्त्री बन्ने सूचिमा नयाँ अनुहारका रुपमा नेम्वाङ्गको अहिले चर्चा छ ।
सचिवालय बैठकले मन्त्रिपरिषद पुनःगठनको क्षेत्राधिकार प्रधानमन्त्रीको रहेको भन्दै योग्यता क्षमताको मुख्ल्याङ्कन गरि मन्त्री बनाउन सुझाएको छ । तथापी नेकपाका शीर्ष नेताहरुको छलफल र सुझावका आधारमै प्रधानमन्त्रीले नयाँ मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । मन्त्री परिषद हेरफेरका विषयमा सोमबार शीर्ष नेताहरु बीच अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा छलफल भएको थियो ।


अहिले नकपामा पूर्व एमालेको तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बसन्त नेम्वाङ्ग, पदम गिरी, यज्ञ सुनुवार लगायतको नाम चर्चामा छ ।
त्यस्तै माओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भूसाल, देवेन्द्रै पौडेल, अग्निप्रसाद सापकोटाको नाम चर्चामा छ ।


त्यस मध्ये पहिलो पटक नै मन्त्री बन्ने सुचीमा नेम्वाङ्गको चर्चा भए पनि अन्तिम समयमा रोकिएको थियो । त्यसैले पनि अबको मन्त्रीपरिषद हेरफेरमा नेम्वाङ्ग अटाउने जिल्लाबासीले अपेक्षा गरेरका छन् । नेम्वाङ्ग पाँचथरका एक पुराना नेता हुन । कम्युनिष्ट पार्टी संगठन विस्तारमा निक्कै लामो मेहनत गरेका नेताका रुपमा नेम्वाङ्गलाई पाँचथरमा लिइन्छ । उनी वि.स. २०४८, २०५६ र २०७४ गरि पाँचथर जिल्लाबाट तीन पटक सांसद भइसकेका छन् । पञ्चायतकाल भरि र बहुदल प्राप्त भएपछि पनि हर्ताकर्ता र पटकपटक मन्त्री बनेका राप्रपाका प्रभावशाली नेता स्व. पद्यमसु्न्दर लावतीलाई चूनौती दिने एक मात्र नेताका रुपमा नेम्वाङ्गलाई लिइन्छ ।


त्यस मध्ये पहिलो पटक नै मन्त्री बन्ने सुचीमा नेम्वाङ्गको चर्चा भए पनि अन्तिम समयमा रोकिएको थियो । त्यसैले पनि अबको मन्त्रीपरिषद हेरफेरमा नेम्वाङ्ग अटाउने जिल्लाबासीले अपेक्षा गरेरका छन् । नेम्वाङ्ग पाँचथरका एक पुराना नेता हुन । कम्युनिष्ट पार्टी संगठन विस्तारमा निक्कै लामो मेहनत गरेका नेताका रुपमा नेम्वाङ्गलाई पाँचथरमा लिइन्छ । उनी वि.स. २०४८, २०५६ र २०७४ गरि पाँचथर जिल्लाबाट तीन पटक सांसद भइसकेका छन् । पञ्चायतकाल भरि र बहुदल प्राप्त भएपछि पनि हर्ताकर्ता र पटकपटक मन्त्री बनेका राप्रपाका प्रभावशाली नेता स्व. पद्यमसु्न्दर लावतीलाई चूनौती दिने एक मात्र नेताका रुपमा नेम्वाङ्गलाई लिइन्छ ।

विद्यार्थीकालबाटै राजनीतिमा होमिएका नेम्वाङ्ग शीर्ष नेताहरुसंग राम्रो लिगेसी भएका नेताका रुपमा पनि लिइन्छ ।
पञ्चायती त्यसपछि काङ्ग्रेस जस्ता पार्टीलाईपछि पार्दै कम्युनिष्टका झण्डा फहराएर किल्ला स्थापित गरेको जिल्लाको रुपमा पाँचथर रहे पनि कम्युनिष्ट सरकारले फुलमन्त्रीको रुपमा पाँचथरलाई अटाएको छैन ।
सबै छिमेकी जिल्लाले मन्त्री पाएपनि पाँचथरले अहिलेसम्म राज्यमन्त्रीमै चित्त बुझाउनु परेको छ ।


त्यसैले नेकपालाई पनि पाँचथर जिल्ला समेट्नै पर्ने दबाव छ । यो तथ्यका आधारमा पनि पाँचथरवासी यो पटक जिल्लाले मन्त्री पाउनेमा आशावादी छन् ।


मन्त्रीपरिषद पुनगठनका विषयमा दुई अध्यक्षबीच छलफल भएको खबर सञ्चारमाध्यममा आएसंगै पाँचथरका पुराना पत्रकार कृष्ण ओझाले बसन्त नेम्वाङ्गलाई मन्त्री बनाइने कुरा कार्यान्वयनमा आओस भनेर सामाजिक सञ्जालमा लेखे । स्टाटसमा कमेन्ट गर्नेहरुले उनको कुरामा सहि थापेका छन् ।


हाल झापामा रहेका नेकपाका पुराना कार्यकर्ता तथा २०५१ मा प्रचारप्रसार गर्न साँस्कृतीक टोलीमा जिल्लाभर पैदल हिडेका कमल राईले पनि बसन्तका राजनीतिक संघर्षका दिनहरु सम्झिएका छन् । उनी भन्छन् ‘नेम्वाङ्गको परिवारले नै पार्टी बनाउन ठूलो दुःख गरेको छ । ०५१ चुनावमा बसन्तका श्रीमती भूमिका नेम्वाङ्ग लिम्बू सानो छोरी बोकीबोकी हामीसंग जिल्लाभर हिडेकी थिइन ।’


अहिले काठमाण्डौमा मन्त्रीपरिषद गठनको रस्साकस्सी चलिरहेको बेला नेम्वाङ्ग भने उपनिर्वाचनमा पार्टीलाई जिताउन जिल्लामा खटिरहेका छन् । उनी भन्छन् ‘जिम्मेवारी पार्टीले दिने हो पार्टीले दिने जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार छु ।’

को हुन नेम्वाङ्ग

प्रतिनीधिसभा सदस्य बसन्तकुमार नेम्वाङ्ग पाँचथरका एक विकासप्रेमी शालिन नेताका रुपमा जनता माझ परिचित छन् । उनी विद्यार्थी कालबाटै कम्यूनिष्ट राजनीतिमा सक्रिय छन् ।


वि.स. २०१८ चैत्र ८ गते पाँचथरका फिदिममा बुवा देवीप्रसााद नेम्बाङ र आमा विष्णुमाया नेम्बाङको कोखबाट माइला छोराको रुपमा नेम्वाङ्गको जन्म भएको हो । नेम्वाङ्गको चार दाजुभाई र तीन दिदीबहिनी छन् । स्कुले जीवनमा उनी नाच्न गाउँन खुबै फुर्तिता थिए । विद्यालयमा हुने साँस्कृतिक कार्यक्रमहरुमा गितार बजाउने र जनवादी गीतहरु गाउँदा-गाउँदै उनको रस वामपन्थी राजनीतिमा भिज्यो ।


नेम्वाङ्गले फिदिम मा.वि. बाट २०३५ सालमा एसएलसी पास गरे । एसएलसी पास गरपछि उच्च शिक्षाका लागि उनी नेपाल ल क्याम्पसमा भर्ना भए । २०३६ मा भएको विद्यार्थी आन्दोलनमा सहभागी भए । उनी अनेरास्ववियूमा संगठिन थिए । पढाइसंगसंगै विद्यार्थी राजनीतमा सक्रिय भए ।
उनले २०४५ सालमा ल क्याम्पसबाटै वि.एल गरे । वकिलको लाइसन्स लिए । केहि समय वकालत पनि गरे । तर यो पेशावाट जनताको आम समस्या सम्बोधन गर्न नसकिने देखेपछि पूर्णकालिन राजनीतिमा होमिए । उनी २०४७ पुष १७ गते पार्टीको संगठित सदस्य भए ।
चार दशक लामो राजनीतिक यात्रामा जिल्ला कमिटि सदस्य, प्र.रा.यु संघको केन्द्रिय कोषाध्यक्ष, उपाध्यक्ष, राष्ट्रिय पतिनीधि परिषद सदस्य, केन्द्रिय उर्जा विभाग सदस्य सचिव जस्ता साँगठानिक जिम्मेवारीहरु निर्वाह गरिसकेका छन् ।


२०७२/२०७३ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशासनिक सल्लाहकारका रुपमा समेत कार्य सम्पादन गरेका थिए । उनी पाँचथरबाट तीन पटक निर्वाचित भएका छन् । उनी २०४८ साल र २०५६ र २०७४ सालमा विजयी भए ।


उनको २०४८ फागुनमा भूमिका लिम्बू सुब्वासंग सुभविवाह सम्पन्न भयो । उनको दुई सन्तान छोरी प्रज्वला नेम्बाङ्ग र छोरा प्रभावकिरण नेम्बाङ्ग रहेका छन् । उनको श्रीमती सुब्बा पनि राजनीति तथा समाजसेवामै सक्रिय छिन् ।


नेम्बाङ्ग पञ्चायतदेखि निरंकुश राजतन्त्रको समुलनष्ट गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने आन्दोलनको हरेक मोर्चामा अग्रभागमा उभिएका थिए ।


नेम्बाङ्ग कम्युनिष्ट राजनीतिमा होमिदा पाँचथरमा औलामा गन्न सकिने नेता कार्यकर्ता थिए । उनी लगायत उनको टिमले गाउँगाउँ पुगेर संगठन बनाए । कार्यकर्ता उत्पादन गरे । नेम्बाङ्ग त्यो समयमा पढेलेखेका थिए । चाहेका भए राम्रै जागिर खान सक्थे । विदेश सयर गर्न सक्थे तर जनताको सेवा गर्ने मार्गमा अग्रसर भए । उनी गाउँगाउँमा मकै र भटमास खाँदै हिडे । अहिले जस्तो पैशा हुँदा पनि किनेर खाने ठाउँ थिएन । कति पटक भोकभोकै हिडेको सम्झना अझै ताझै छ ।
नेम्बाङ्गकै नेतृत्वमा नीजि क्षेत्रको पहिलो हाइड्रो पाँचथरमा निर्माण भयो । त्यो प्रोजेक्टको नाम थियो । खोरङ्गा हाइड्रो । एक मेघावटको यो हाइड्रो २०६२ मा निर्माण सम्पन्न भएको थियो ।


मिजासिलो र जनतासंग घुलमिल हुन सक्ने नेता नेम्बाङ आफ्नो जीवनको उर्वर समय पाँचथरको विकास र जनताको सेवामा खर्चिएको र बाँकी जीवन पनि जनताकै जनताको सेवामै सर्मर्पित हुने बताउँछन् । नेम्बाङ साँसद हुँदा र नहुदाँ उनका नेतृत्वमा पाँचथरमा थूप्पै विकास निर्माणका कामहरु भएका छन् ।


खास गरि पाँचथरको जलविद्युत विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ । पाँचथरमा सम्पन्न थुप्रै ठूला जलविद्युत उनको नेतृत्वमा बनेका हुन । केहि निर्माणको चरणमा छ ।

तमोर जलासाययुक्त परियोजना लगायत देशका थुप्प्रै मेघा प्रोजेक्टलाई अगाडी बढाउनमा नेम्बाङको योगदान रहेको छ । सामाजिक न्याय, उज्यालो पाँचथर, वैज्ञानिक तथा आधुनिक कृषी प्रणाली, वैज्ञानिक शिक्षा लगायत समग्र विकासमा नेम्बाङ्ग लागि परेका छन् ।

http://hr.parliament.gov.np/np/video/3391

प्रकाशित : ३ मंसिर २०७६, मंगलबार ००:००