७ जेष्ठ २०८१, सोमबार । May 20, 2024

मुख्य खबर

नगरप्रमुखद्धारा सडक कालोपत्रे शिल्यान्यास



इटहरी ३० कार्तिक । इटहरी १ की प्रेमकुमारी खडका एका विहानै निक्कै खुशी देखिन्थिन । साविक हाँसपोसा १ मिलनचौककी खडका आफनै घर अघि वाट पिच बाटो वन्न लागेकोमा उनको मुहारमा कान्ति छाएको हो ।
इटहरी उपमहानगरले इटहरी वडा नम्वर १ कार्यालयदेखि माझिटोलसम्म जोडने वाटो कालोपत्रे योजनाको विहान नगरप्रमुख द्धारिकलाल चौधरीले शिल्यान्यास गरिरहदा खडका लगायतका स्थानीयवासी प्रफुल्लित देखिन्थे ।
जेष्ठ नागरिक खडकाले सम्भिए “४९ साल तिर हुदो हो उहाँ द्धारिकलाल चौधरी हाँसपोसाको अध्यक्ष हुदा उनले नै हो यो बाटो खनाएको । नभए त रोडमा निस्कन त हम्मे हम्मे पथ्र्यो, आलिको डिलबाट हिडनुपथ्र्यो, असारदेखि भदौसम्म त यो बाटो हिड्नै सकिदैनथ्यो उता तरहरा निस्केर जाँदा त डेढघण्टा नै लाग्थ्यो कम विजोग थियो त ?” उनले थपे ।
“उनले नै यो बाटो खनाए । अहिले पिच गर्न पनि उनी नै आए साहै खुशि लागेको छ । ” इटहरी उपमहानगका गौरवका योजना अन्र्तगत सञ्चालित वहुवर्षे सडक कालोपत्रे गर्ने ११ ग्रामिण वाटो मध्ये यो पनि १ हो ।
भदौ ३१ गते सुरु गरिएको वहुवर्षे सडक कालोपत्रे योजना शिल्यान्यास अन्र्तगत यो समेत गरि ८ वटा सडक शिल्यान्यास भइसकेको छ ।
साविकको हाँसपोसा, खनार, पकली र एकम्वाको गाँउ गाँउको मूलवाटोहरु पिच गर्न धमाधम काम भइरहेको छ ।
यहि बर्ष गाँउका ३० किलोमिटर वाटो पिच भइसक्ने प्रमुख चौधरीले शिल्यान्यास कार्यक्रममा जानकारी दिए । उनले सवै योजना समयमै सक्न निर्देशन दिए ।
वडा नम्वर १ का वडासदस्य रतन कार्कीले प्रमुख चौधरीको सोच अनुसार गाउ गाउका वासिन्दाले घर अगाडीवाटै पिचवाटोमा हिडने अवसर पाउन लागेको भन्दै खुशि प्रकट गरे ।
अर्का वडासदस्य निश्चल पोखरेलले त सडक शिल्यान्यास हुदाँ त्यहाँका वासिन्दा चाडवाड भन्दा खुशि भएको बताए ।
स्थानीय विजय राईले उनकै हातबाट वाटा ेखोलियो, उनकै हातबाट शिल्यान्यास भयो, उनकै हातबाट चाडै उदघाटन हुने अपेक्षा गरे । इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेले आगामी वैशाख अघि नै बाटो पिच भइसक्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : ३० कार्तिक २०७६, शनिबार ००:००