६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

चोरीको स्कुटर किनबेच गर्ने प्रहरी फन्दामा



धादिङ, २९ कात्तिक । चोरीको स्कुटर किनबेचमा संलग्न चार जनालई बिहीबार धादिङ प्रहरिले पक्राउ गरि सार्वजनिक गरेको छ । उनीहरुलाई धादिङको धुनिवेंशी नगरपालिका ५ बाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
चोरिको मोटरसाइकल किनबेचको आरोपमा पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १२ का रोहन महर्जन, टेकु बस्दै आएका जुम्ला आचार्यबाडा गाउँपालिका १५ का २१ वर्षिय रमेश शाही, काठमाडांै महानगरपालिका १४ खसी बजार बस्ने शबिन शाक्य र धादिङ धुनिवेंशी नगरपालिका ५ पुरण्डी का ४० बर्षिय कुमार रेग्मी रहेका छन् ।

धादिङ धुनिबेशी नगरपालिका(५ पुरन्डीमा चोरीको स्कुटर बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीटोलिले रोहन महर्जन, रमेश शाही र सबिन शाक्यलाई उनीहरुको साथमा रहेको बा.६७प. ५८८९ र बा.५५ प.२०८४ नम्बरका स्कुटरहरु चोरी गरी ल्याएको खुल्न आएको र अन्य स्कुटरहरु कुमार रेग्मीलाई बिक्री गरिसकेको खुल्न आएकोले थप अनुसन्धानको क्रममा कुमारको घरबाट बा.५१ प. ९१०६ र बा.८२ प. ६०७१ नम्बरको स्कुटरहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : ३० कार्तिक २०७६, शनिबार ००:००