४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मुख्य खबर

कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ



कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजालीलाई कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि अध्यक्ष हौजालीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

प्रकाशित : २६ कार्तिक २०७६, मंगलबार ००:००