३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

रौतहटको इशनाथ प्रहरी चौकीमा वम विष्फोट, एक जना प्रहरी जवान घाइते



२६ कात्तिक, रौतहट । रौतहटको इशनाथ नगरपालिका स्थित मठिया प्रहरी चौकीमा वम विष्फोट भएको छ । घटनामा एक प्रहरी जवान घाइते भएका छन् घाइते हुनेमा सेन्ट्री पोस्टमा डिउटीमा रहेका रञ्जित यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने ठाउँका चन्दन कुमार छन् । उनले प्रयोग गरेको बीआर०५ एच ६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार छन् । रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले घटनाबारे सूचना प्राप्त भए पनि पुष्टि भइनसकेको र अनुसन्धानको लागि घटनास्थल तर्फ प्रहरी टोलि परिचालन गरिएको जानकारी दिए ।

प्रकाशित : २६ कार्तिक २०७६, मंगलबार ००:००