५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

उत्तेजना फैलाएर समस्या समाधान हुदैन : प्रचण्ड



२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तेजना फैलाएर समस्या समाधान नहुने भन्दै।
उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत भारतसंगको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले महाकालीको मुहान ‘लिम्पियाधुरा नै हो भन्दै। महाकाली नदी सीमा नदी नै भन्ने प्रष्ट रहेको जिकिर गरे । उनले प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
कालापानी र सुस्तामा सीमा समस्या छ भनेर दुबै देशले स्वीकार गरेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी एक इन्च जमिन छोड्न पनि सक्दैनौं, अरुको एक इन्च जमिन पनि चाहिएन । यही मान्यतामा उभिने हो ।’ तर यस विषयमा उत्तेजना वा भ्रम फैलाएर समस्या सामाधान हुनुको सट्टा अन्य क्षती हुने भन्दै यो विषयलाई लिएर उत्तेजना र भ्रम नफैलाउन आग्रह गर्नुभयो ।

प्रकाशित : २५ कार्तिक २०७६, सोमबार ००:००