५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

अन्तत पुलिसको फन्दामा भाइरल बाबा



काठमाडौं, केही समय अघि अर्काकी श्रीमती बिबाह गरेर सामाजिक सञ्जालमा भाइरल बनेका अघोरी बाबा भनेर चिनिएका विजय केसीलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनीसँग हालै बिहे गरेकी श्रीमती शारदा पाण्डेलाई समेत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ।
महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले सोमबार दिउँसो उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाएको होु, उनले भने, हामीले उनकी श्रीमतीलाई समेत नियन्त्रणमा लिएका छौँ।’ बाबाकारुपमा परिचित केसी र पत्नीविरुद्ध ठगीको आरोपमा बौद्ध प्रहरीमा उजुरी परेको थियो। शारदामाथि यसअघि पनि विभिन्‍न अभियोग लागेका थिए।

प्रकाशित : २५ कार्तिक २०७६, सोमबार ००:००