२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

ग्लोबल

‘काश्मिर समस्या नियन्त्रण’मा रहेको विश्वासमा छन् मोदी : ट्रम्प


१० भाद्र २०७६, मंगलबार ००:००

0
Shares


बियारिज, फ्रान्स, ९ भदौ (रासस÷एएफपी) भारतीय सरकारले काश्मिर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताए ।

काश्मिर तनावबारे भारत र पाकिस्तानसँग मध्यस्थता गर्नु आवश्यकता नरहने आफूले महशुस गरेको राष्ट्रपति ट्रम्पले फ्रान्सको वियारिजमा भइरहेको जी–सेभेन सम्मेलनका अवसरमा बताए ।
यसै महिनाको शुरूमा राष्ट्रपति ट्रम्पले आवश्यक परे काश्मिर बिषयमा अमेरिकाले मध्यस्थता गर्ने बताए ।

तर फ्रान्समा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि उनले भने, “काश्मिर समस्या विल्कुल भारतको नियन्त्रणमा रहेको प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गर्नुभयो ।”

भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि भारत–प्रशासित काश्मिरको विशेष अधिकारलाई खारेज गरी अगस्ट ५ केन्द्र सरकारको मातहतमा राखेको थियो । उक्त घटनाप्रति पाकिस्तानले विरोध जनाउँदै आएको छ ।

ट्रम्पले प्रधानमन्त्री मोदीसँग काश्मिर सम्बन्धमा आइतबार लामो कुराकानी गरेको बताए । प्रधानमन्त्री मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग फोनमार्फत कुरा गरेपछि काश्मिरमा भयावह अवस्था रहेको भन्दै मध्यस्थताका लागि आग्रह गरे ।

प्रकाशित : १० भाद्र २०७६, मंगलबार ००:००