२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

खेलकुद

मलेसियन क्लबसँग नेपाल पराजित


१० भाद्र २०७६, मंगलबार ००:००

0
Shares


काठमाडौं, १० भदौ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा मलेसियाको लिग च्याम्पियन जोहोर दारुलसँग १-० ले पराजित भएको छ ।
विश्वकप छनोटको तयारीका लागि मलेसिया पुगेको नेपाली टोलीले सोमबारको मैत्रीपूर्ण खेलखेलेको थियो । सुरुवातमै पछि परेको नेपाली टोली खेलमा फर्कन सकेन । नेपाली टोली तेस्रो मिनेटमै खेलमा पछि परेको थियो । निकोलस अबर्टोले फ्रिकिकमार्फत जोहोरलाई अग्रता दिलाएका थिए ।
मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा नेपाली टोली पहिलोपटक मैदान उत्रेको थियो । नियमित कप्तान विराज महर्जन तथा उपकप्तानद्वय भरत खवास र किरण चेम्जोङ टोलीमा नरहेका कारण सुजल कप्तान नियुक्त भएका थिए । विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल भदौ १९ मा कुवेतसँग खेल्नेछ ।

प्रकाशित : १० भाद्र २०७६, मंगलबार ००:००