४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

पर्यटन

यस्ता छन् पर्यटनमन्त्रीका प्राथमिकतायुक्त कार्यक्रम



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत मन्त्रालयको आगामी एक वर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको छ । पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेको झण्डै एक महीनाको गृहकार्यपछि उहाँले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी र परिणाममुखी बनाउने रणनीतिका साथ प्रमुख प्राथमिकताका १४१ बुँदे कार्ययोजना ल्याउनुभएको हो । तुलनात्मक लाभका दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई टेवा दिन पर्यटन क्षेत्रको समग्र विकास, परिवर्तित र आधुनिक परिवेश सुहाउँदो सेवा स्तरीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारी रुपमा अघि बढाउने लक्ष्यसहित मन्त्रालय मातहत निकायको समन्वयमा मन्त्रालयले आगामी कार्यक्रम बनाएको छ । मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सेवा सुदृढीकरण, अन्तर्राष्ट्रिय विमानस्थल मापदण्ड बमोजिमको सेवा व्यवस्थापन आदि कामलाई कार्ययोजनामा समेटिएको छ । चालू आवका नियमित कामका अलावा दीर्घकालीन महत्वका रणनीतिक योजनाअनुरुप कानूनी तथा नीतिगत सुधार गरी नयाँ प्रणालीको विकासका लागि बलियो जग बसाल्ने मन्त्री भट्टराईको अठोट छ । त्यसका लागि संस्कृति, पर्यटन र हवाई नीतिको परिमार्जन, संशोधन र नयाँ ऐन नियम बनाइनेछ । नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ(इयू)ले राखेको कालोसूचीबाट हटाउन आवश्यक पूर्वसर्तहरु पूरा गर्ने र सो प्रयोजनका लागि नागरिक उड्डयन क्षेत्रका सेवा प्रदायक तथा नियामक निकायका अलग–अलग संरचना हुने गरी नयाँ कानूनको तर्जुमा गरिने मन्त्री भट्टराईले उल्लेख गर्नुभयो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ पर्यटन ऐनको व्यवस्था गरी लुम्बिनी, पशुपति क्षेत्र र जनकपुरधामलाई हालको विकास क्षेत्रभन्दा अलग किसिमको बनाइ सङ्घ, प्रदेश र स्थानीय तहको प्रतिनिधित्व हुनेगरी संरचना बनाइने, सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनका लागि स्थानीय तहको समेत सहभागी हुने गरी छाता ऐन बनाइने कार्ययोजनमा भनिएको छ । निगम सार्वजनिक कम्पनीका रुपमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापनलाई समयसापेक्ष सुधार गरी सार्वजनिक कम्पनीका रुपमा सञ्चालनको व्यवस्था गरिनेछ । मन्त्री भट्टराईले हालै मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदनलाई समेत आधार मानेर निगमलाई सार्वजनिक कम्पनीका रुपमा सञ्चालन गर्नेलगायत सुधारका काम गरिने बताउनुभयो । उहाँले नेपाली हवाई यात्रुलाई अन्तर्राष्ट्रिय यात्रु सरह बीमाको व्यवस्था गर्ने, नेपालको हवाई क्षेत्रबारे विश्वसनियता अभिवृद्धि गर्ने, ‘केप टाउन कन्भेन्सन’ सञ्चालन गरिनेलगायतका योजना सुनाउनुभयो । निगमलाई सार्वजनिक कम्पनीका रुपमा सञ्चालनका लागि आवश्यक कानून संशोधनको मस्यौदा छिट्टै मन्त्रिपरिषद्मा पेश गरिनेछ । निगमको व्यवस्थापकीय सुधारलाई चुस्त र प्रभावकारी बनाइ चीनको ग्वोञ्जओ र साउदी अरबको रियाद उडानको वातावरण बनाइने, भएका जहाजको प्रभावकारी सञ्चालन तथा नयाँ गन्तव्य विस्तारका कामलाई सँगै अघि बढाइनेछ । भ्रमण वर्षअघि नै बुटिक विमानस्थल घोषणा गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा स्थापित गर्न बाँकी काम निर्धारित समयभित्रै सम्पन्न गरी सम्भवतः भ्रमण वर्षअघि मुख्य काम सकिने, विमानस्थललाई २४सै घण्टा सञ्चालन गरी आधा घण्टाभित्र ब्यागेज पाउने व्यवस्था गर्ने, बायोमेट्रिक प्रणालीबाट यात्रुको जाँच, अध्यागमनलाई चुस्त र विमानस्थलका सेवालाई प्रविधिमैत्री बनाउने कार्ययोजनामा उल्लेख छ । आगामी सन् २०२० जनवरी १ अघिनै बुटिक विमानस्थल घोषणा गर्नेगरी काम अघि बढाइने मन्त्री भट्टराइको भनाइ छ । आन्तरिक विमानस्थलतर्फ हालको विशिष्ट व्यक्तिका सवारीसाधन प्रवेश मापदण्ड परिमार्जन गरी सम्माननीयको सवारीसाधन मात्र जहाजको ढोका नजिक पुग्ने व्यवस्था मिलाइनेछ । यसअघि मन्त्रीलगायतका सवारी विमान नजिक पुग्ने गरेका थिए । विमानस्थलबाट सञ्चालन हुने सवारीसाधनमा जिपिएस प्रणाली लागू गरिनुका साथै चालकलाई आतिथ्य संस्कारबारे तालीम दिइने छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई उडानमा ५० प्रतिशत छुटको व्यवस्था गरिनेछ । तीनकुने–गौशाला क्षेत्रको सडक सौन्दर्यकरण विमानस्थलको महत्वलाई ध्यान दिई तीनकुने–गौशला सडकलाई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र घोषणा गरी संरचना परिवर्तन र सौन्दर्यकरण गर्ने मन्त्री भट्टराईको योजना छ । अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ नेपाली सामान विदेशीले खरीद गर्नसक्ने ‘डिउटी फ्रि’ को व्यवस्था मिलाइने, ट्रान्जिट यात्रुका लागि विशेष लाउन्ज व्यवस्था गर्ने प्राथमिकतायुक्त कार्ययोजनामा छन् । निर्माणाधीन गौतमबुद्ध विमानस्थलको सिभिल र मेकानिकल कार्य सन् २०१९ को डिसेम्बर भित्र सम्पन्न गर्ने र अर्को तीन महीनाभित्र परीक्षण उडान गरी व्यावसायिक उडानको पूर्वतयारी गर्ने तथा यो विमानस्थलमा विदेशबाट उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्ने आकर्षक प्याकेज घोषणा गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा शीघ्रताका लागि लगानी बोर्डसँग छलफल गरी लगानीको मोडालिटी तयार गर्ने र वस्ती व्यवस्थापन तथा वन मन्त्रालयसँगको समन्वयमा ‘साईट क्लियरेन्स’ गर्ने कार्ययोजना बनाइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालको निर्माण गति कायम राख्दै निर्धारित समयअघि नै सम्पन्न गर्ने व्यवस्था मिलाउने, सबै प्रदेश राजधानीका विमानस्थललाई कम्तिमा ७० सिटभन्दा माथिका जहाज उडान तथा अवतरण हुनसक्ने गरी स्तरोन्नति र विस्तार गर्ने भनिएको छ । विदेशी पर्यटनमन्त्रीको सहभागितामा भ्रमण वर्ष शुभारम्भ गरिने भ्रमण वर्ष अभियान अवधिमा २० लाख पर्यटक नेपाल भित्र्याउन प्रमुख १० स्रोत बजारको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रमको खाका बनाइ प्रवद्र्धन गरिने छ । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको सहकार्यमा सन् २०१९ को डिसेम्बर अन्त्यमा ‘ग्लोवल टुरिजम मिनिस्टर कन्क्लेभ’ गर्ने ‘निउ इयर इन नेपाल’ को योजनासहित सन् २०२० जनवरी १ मा विभिन्न देशका पर्यटनमन्त्रीलाई सहभागी गराई भ्रमण वर्षको भव्य शुभारम्भ गरिने जनाइएको छ । जनवरीको पहिलो साताभित्र विदेशमा रहेका नेपालका सबै कुटनीतिक नियोग, मिसन तथा सातै प्रदेशका राजधानीमा भ्रमण वर्षको भव्य शुभारम्भ गर्ने र त्यस कार्यक्रममा राजनीतिक दलका नेतालाई सहभागी गराइनेछ । नेपालबाट बाहिरिने पर्यटकको भिषा स्टाम्पिङ, व्यागेज स्टिकर र बोडिङ पासमा नेपाल भ्रमण वर्षको लोगोसहितको स्टिकर राख्ने व्यवस्था मिलाइने, भ्रमण वर्षलाई लक्षित गर्दै सद्भावना दूत नियुक्तिको व्यवस्था गर्ने, नेपालको संस्कृति झल्किने गरी विभिन्न जातजातिका परम्परागत भेषभूषामा सजिएका युवायुवातीद्वारा विमानस्थलको आगमन कक्षमा पर्यटकको स्वागत गर्ने व्यवस्था मिलाउने भएको छ । गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान सञ्चालन तथा विदेशस्थित नेपाली नियोगमा यस संस्थाको सहभागितामा पर्यटन सहायता कक्ष निर्माण गरिनेछ । नेपाल तथा विभिन्न देशमा हिमाल आरोहीको भेला, गोष्ठी, सेमिनार गर्ने, नेपालमा पर्यटन लगानी सम्मेलन आयोजना तथा काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरुआत गरिने जनाइएको छ । मन्त्री भट्टराईलेगमा यस संस्थाको सहभागितामा पर्यटन सहायता कक्ष निर्माण गरिनेछ । नेपाल तथा विभिन्न देशमा हिमाल आरोहीको भेला, गोष्ठी, सेमिनार गर्ने, नेपालमा पर्यटन

प्रकाशित : ९ भाद्र २०७६, सोमबार ००:००