४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मुख्य खबर

दश युवा प्रतिभालाई सम्मान



युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज विभिन्न युवा प्रतिभालाई सम्मान गरेको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विभिन्न क्षेत्रमा योगदान पु¥याएबापत १० जना युवालाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा विज्ञान प्रविधितर्फ तेह्रथुमका गणेशविक्रम सिंह आले र जुम्लाका यज्ञप्रसाद देवकोटा रहेका छन् । दुबै जनालाई जनही ५० हजार नगद राशिसहित सम्मान गरिएको हो । नेपालमा नै बम डिस्पोजल गर्ने रोबर्ट निर्माण गरेको र विभिन्न किसिमका ड्रोन निर्माण तथा अनुसन्धान गरेको भन्दै उहाँहरुलाई सो सम्मान गरिएको हो । आले र देवकोटाले बनाएको डिस्पोजल गर्ने रोबर्ट नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले प्रयोग गर्दै आएको छ । यसैगरी विज्ञान प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत दाङका मार्शल रोका र कैलालीका सुमन पौडेललाई पनि जनही एक लाख नगद राशिसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । रोकालाई सल्लाको खोटोबाट इन्धन उत्पादन, स्वचालित पानी तान्ने मेशिन निर्माण र कुखुराको मलबाट उत्पन्न गन्ध कम गर्ने रसायन उत्पादन तथा पौडेलले चालक निदाउँदा आफैँ ब्रेक लाग्ने यन्त्र निर्माण र कैलालीमा निजी पहलमा विज्ञान सङ्ग्रहालय स्थापना गरेको भन्दै उहाँहरुलाई सो सम्मानबाट सम्मानित गरिएको हो । यस्तै न्यून दृष्टियुक्त व्यक्तिलाई प्रतिघण्टा दश मिनेटका दरले लोकसेवा आयोगको परीक्षामा समय थप गर्न पहल गरेकाले नेत्रहीन युवा सङ्घ नेपाललाई शिक्षातर्फको रु एक लाख राशिसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । यसैगरी इप्सा नेपाल, काठमाडौँलाई रोजगारी उद्यमशीलता सम्मान प्रदान गरिएको छ । रु एक लाख नगदसहित अपाङ्गता भएका व्यक्ति एव्म एकल महिलालाई सीपमूलक तालीम प्रदान गरी रोजगार र स्वरोजगार प्रदान गरेको भन्दै सो सम्मान गरिएको हो । यसैगरी स्वजन रघुवंशी, ललितपुरलाई कलासंस्कृति सम्मानबाट सम्मानित गरिएको छ । कात्र्तिक नाचलगायत प्राचीन सांस्कृतिक नाचको संरक्षण र प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको तथा आठवटा विधामा एकल नृत्य प्रस्तुत गरेको भन्दै उहाँलाई रु एक लाख नगदसहित सम्मान गरिएको हो । त्यस्तै अल्लोको सामग्री उत्पादन र छ भन्दा बढी मुलुकमा निर्यात गरेको भन्दै उद्यमशीलता सम्मानबाट ललितपुरकी माला थापा मगर सम्मानित हुनुभएको छ । उहाँलाई नगद रु एक लाखसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । यसैगरी टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गरेको भन्दै बर्दियाका टोपलाल विकलाई नगद रु एक लाखसहित कृषि सम्मान, रक्तदान कार्यक्रम निरन्तर सञ्चालन र किशोरीका लागि आत्मरक्षाका तालीम दिएको भन्दै पर्साका राजनकुमार श्रीवास्तवलाई नगद रु एक लाखसहित स्वयम्सेवा सम्मान प्रदान गरिएको छ । यसैगरी दुई हजारभन्दा बढी युवालाई निःशुल्क तथा सःशुल्क ब्युटिसियन तालीम प्रदान गरी स्वरोजगार बनाएकी नवलपुरकी एकल महिला उद्यमी सृजना सोतीलाई नगद रु एक लाखसहित उद्यमशीलता सम्मान प्रदान गरिएको छ । मन्त्रालयले २०६६ सालदेखि हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याएका युवालाई सम्मान गर्दै आएको छ ।

प्रकाशित : २७ श्रावण २०७६, सोमबार ००:००