५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

मुख्य खबर

पत्रकारिता पुरस्कार घोषणा



‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) पुरस्कृत हुनेछन् ।

पुरस्कार छनोट समितिको विहिबारको बैठकले गरेको निर्णय फोनिज सचिवालयको आजको बैठकले अनुमोदन गरेको आज विज्ञप्ति जारी गरी जनाइएको छ । फोनिजको स्थापना दिवसको अवसरमा साउन २७ गते पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार ००:००