५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

अर्थ

नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ



gSsnL gf]6;lxt ;fj{hlgs wgu9L, @$ ;fpg -/f;;_ M ef? / g]?sf gSsnL gf]6 5fKg] lu/f]xdf ;+nUg JolStnfO{ 5fKg k|of]u x’g] d]lzg / 5flkPsf gSsnL gf]6;lxt z’qmjf/ wgu9Ldf ;fj{hlgs ub}{ lhNnf k|x/L sfof{no s}nfnL . t:jL/ M ;f}hGoM lhNnf k|x/L sfof{no s}nfnL


धनगढी, २४ साउन । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

खड्कालाई काठमाडौँको कोटेश्वरबाट सिआइबीको सहयोगमा साउन २१ गते पक्राउ गरिएको र अन्य तीनलाई साउन १७ र १८ गते कैलालीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।भारु र नेरु नक्कली नोट छाप्ने गरिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । धनगढीको नैनादेवी टोलबाट पक्राउ परेका खगेन्द्रको कोठाबाट नक्कली नोट छाप्न प्रयोग हुने एक थान उपकरण, छापेर काट्न बाँकी रहेका भारतीय र नेपाली नक्कली नोट लगायत सामग्रीसमेत बरामद गरिएको थियो । उनीहरु विरुद्ध खोटा चलन शीर्षकमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार ००:००