६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

किरात नामकरणको लागि विशेष अभियान संचालन गर्ने यायोक्खाको निर्णय



काठमाडौ । प्रदेश १ को नाम किरात राख्न विशेष अभियानमा लाग्ने निर्णय गर्दै किरात राई यायोक्खाको दोश्रो पूर्ण बैठक संघीय राजधानी काठमाडौमा समापन भएको छ । करिव डेढ दशकदेखी निरन्तर अभियानमा लाग्दै आएको यायोक्खाले के कस्को कारणले नाम किरात राख्न कन्जुस्याइँ भइरहेको हो परिस्थितिको अध्यायन गर्दै अभियानमा लाग्ने निर्णय गर्दै साउन २३ र २४ गते बैठक समापन भएको हो ।

बैठकले किरात लिपि प्रयोगको लागि सरोकारवाला संस्था तथा समुदाय संग समन्वय गर्ने, नक्छौँ र साकेला थानहरुको विवरण संकलन गरि पुस्तक प्रकाशन गर्ने, भाषिक शिक्षा लागू गराउन अभियान संचालन गर्ने लगाएतको निर्णयहरु भएको महासचिव जनक राईले बताए ।

लोकसेवा आयोगले कटौती गरेको आरक्षणको आन्दोलनमा समुदायको तर्फबाट शसक्त भूमिका खेल्ने, सस्थाको न्युनतम ३ लाख साधारण सदस्यता बितरण गर्ने, यायोक्खाको नयाँ भवन निर्माण गर्ने निर्णय गरेको छ । त्यसैगरी कम्तिमा २०/२० लाखको दुइवटा अक्षयकोष स्थापना गर्ने, संचालन हुन लागेको राष्ट्रिय जनगणना २०७८ मा किरात राई समुदायलाई सहि विवरण भराउन पहल गर्ने लगाएको निर्णयहरु भएको राईले बताए ।

बैठकमा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले प्रस्ताव स्वरुप अल्पकालीन र दीर्घकालीन गरी २८ बुँदे कार्ययोजना पेस गरेका थिए । बैठकको अन्त्यमा अध्यक्ष राईले संगठन बारे प्रशिक्षण मुलक भनाई राख्दै संस्थालाई आराजक हुन नदिन सबै लागि पर्नुपर्ने बताए । संस्थाको चेन अफ कमान्डलाई अस्वीकार गर्ने, अनुशासनको साथै आफ्नो र नेतृत्वको मर्यादा नबुझ्नेहरुलाई संगठनले कडाइको साथ नियमन गर्ने बताए । बैठकमा केन्द्रीय विभाग र जिल्लागत रिपोर्टिङ भएको थियो ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार ००:००