५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

मुख्य खबर

नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता भएकोले लगानीको राम्रो अवसर : प्रम ओली



काठमाडौं,१५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनि भएकोले लगानीको राम्रो अवसर रहेको बताउनभुएको छ ।
नेपाल लगानी सम्मेलन २०७५ को आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपालमा अहिले स्थिर सरकार,नीतिगत स्थिरता र सुस्पष्ट लक्ष्यका साथ अघि बढेको सरकार छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “म तपाईंहरुलाई मेरो विकासको सपनालाई मूर्तता प्रदान गर्न ७५ वटा भन्दा बढी आकर्षक परियोजनाहरु प्रष्तुत गर्दैछु ।”
प्रधानमन्त्री ओलीले नेपाल नेपालीको लामो समय देखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पुरा हुदैछ भन्ने आफूलाई विस्वास लागेको बताउनुभएको छ । “विभिन्न देशबाट आउनुभएका लगानीकर्ताहरुलाई अपार अवसर भएको क्षेत्रमा लगानी गरी ३ करोड इमान्दार र मेहनती जनताको जीवन स्तर उकास्न सहयोग गर्नुस भन्ने आह्वान समेत गर्दछु ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले आधार बर्षको रुपमा गएको एक बर्षलाई नीतिगत र कानुनी सुधार बर्षको रुपमा लिएको बताउनुभयो । “यसबीच हामीले संविधानलाई कार्यान्वयन गर्न कैयन कानुनको निर्माण गरेका छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ कानुनी तथा नीतिगत संरचनाले विदेशी लगानीलाई उत्प्रेरित गर्ने वातावरण बनाएको छ ।”
प्रधानमन्त्री ओलीले नेपाललाई सन् २०३० सम्ममा सहस्राब्दी लक्ष्य हासिल गर्दै देशलाई मध्यमस्तरको आम्दानी भएको देशका रुपमा रुपान्तरण गर्न चाहेको बताउनुभएको छ ।


  1. प्रधानमन्त्री ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने क’रा सबैलाई अवगत गराउन चाहेको बताउन’भएको छ । “नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने मेरो सन्देस हो ” प्रधानमन्त्री ओलीले भन्न’भयो “स’रक्षित महस’ष गनर्’होस र अवसरको फाइदा लि’नहोस । तपाईंको लगानी संरक्षित र म’नाफा स’रक्षित छ । संसदमा भएका सबै राजनीतिक दलहरु वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र भित्र्याउन एकमत छन । ”

प्रकाशित : १५ चैत्र २०७५, शुक्रबार ००:००