६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

निर्वाचन तालिका सार्वजनिक गर्न माग गर्दै क्याम्पस घेराउ




पाँचथर, ७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले स्ववियु निर्वाचनको कार्य तालिका तत्काल सार्वजनिक गर्न माग गर्दै क्याम्पस घेराउ गरेको छन् ।
स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गर्दै अनेरास्ववियू र अनेरास्ववियू(क्रान्तिकारी)ले मंगलबार फिदिम स्थित पाँचथरको पाँचथर बहुमुखी क्याम्पस कार्यालयमा एक घण्टा घेराउ गरेका हुन् । त्रिविको क्यालेन्डरअनुसार फागुन १४ गतेभित्र स्ववियु निर्वाचन गर्नुपर्ने व्यवस्था भएता पनि अहिलेसम्म मिति नतोक्नुको कारण स्ववियु निर्वाचन नगराउने बहाना रहेको विद्यार्थी नेताहरुले बताए । स्ववियू निर्वाचनको मिति तत्काल तोकीनु पर्ने, विद्यार्थीहरुलाई आफ्नो हक अधिकारबाट बञ्चित नहुने र त्यसका लागि तत्तकाल निर्वाचनको मिति घोषण गर्नु

 

अनेरास्ववियू(क्रान्तिकारी केन्दिय सदस्य चन्द्र माङमुले बताए । काक्रममा स्ववियू परिचालन कमिटिका अध्यक्ष ज्ञानु खाती, प्रकाश लोहार लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : ७ फाल्गुन २०७५, मंगलबार ००:००