३१ बैशाख २०८१, सोमबार । May 13, 2024

मुख्य खबर

संसदीय समितिले अनुगमन गर्ने



रुपन्देही, २५ माघ । वन मन्त्रालयअन्तर्गत प्रदेश ५ मा भइरहेका कामबारे संसदीय समितिले अनुगमन गर्ने भएको छ । बिहीबार बुटवलमा बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकले अनुगमनका लागि एक टोली पहिलो चरणमा तराईका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, रुपन्देही जिल्ला अनुगमन गर्ने निर्णय गरेको हो ।

जिल्लामा वनजङ्गल खनिज पदार्थ दुरुपयोग भएको र ढुङ्गा, गिट्टी, बालुवा निकासी तथा इँटा उद्योग मापदण्डअनुसार चले । नचलेकोबारे जानकारी लिन सदस्यहरू जिल्लामै पुगेर अनुगमन गर्ने निर्णय भएको समितिका सभापति डिल्ली चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित : २५ माघ २०७५, शुक्रबार ००:००