२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

जनप्रतिनिधि वडाध्यक्षले नै मुर्ति चोरेपछि



हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ परेको हो। शे–फोक्सुण्डो गाउँपालिका –४ स्थित राहाप गुम्बाका बौद्धमूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो। गुरुङ गत स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको ५ को अध्यक्षमा स्वतन्त्रबाट विजयी भएका थिए । शे–फोक्सुण्डो गाउँपालिका ४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्धमूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका ४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका १ का ४१ वषीय झ्याम्पा छुल्डिम लामा वडा ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे फोक्सुण्डो गाउँपालिका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्युरो ९सीआईबी० ले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो। डोल्पाका प्रहरी नायब उपरिक्षक अवदेश बिष्टका अनुसार मूर्तिचोरीको आरोपमा उनी पक्राउ परेको र बाँकी अनुसन्धान जारी रहेको बताए। प्राचीन मूर्ति चोरीको आरोपमा प्रहरीले यसअघि नै चार जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित : २७ पुस २०७५, शुक्रबार ००:००