३१ बैशाख २०८१, सोमबार । May 13, 2024

मुख्य खबर

यायोक्खाको १० औं राष्ट्रिय सम्मेलन फागुन तेस्रो साता हुने



मोरङ । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाको केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौ कोटेश्वर स्थित केन्द्रिय कार्यलयमा सुरु भएको छ ।
दुईदिनसम्म चल्ने बैठकले आफ्नो तीन बर्षे कार्यकालको समीक्षा गर्दै १० औ राष्ट्रिय सम्मेलनको मिति र स्थान तोक्ने यायोक्खा महासचिव जीवन हाताचो राईले बताए । तिलक राईको नेतृत्वमा रहेको यायोक्खाको कार्यकाल फागुन २६ मा सकिन्दै छ ।
यो कार्यकाल विषेश गरि प्रदेश १ को नाम किरात राख्न पहलकदमी र आन्दोलनमा बितेको यायोक्खा कार्यबाहक अध्यक्ष दिबस राईको भनाइ छ । अधपी आलोचकहरुले भने कार्यकाल तुलनात्मक रुपमा निष्क्रिय रहेको प्रतिक्रिया दिदै आएका छन ।
यायोक्खा केन्द्रीय सचिवालयले १० औं राष्ट्रिय सम्मेलन फागुन १८, १९ र २० गते सुनसरीको धरानमा गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव भोलिसम्म हुने केन्द्रीय समितिको पूर्ण बैठकमा अनुमोदनको लागि लगिने महासचिव राईले बताए ।
यायोक्खाले स्थापकालदेखी राई समुदायको भाषा, धर्म, सस्कार र संस्कृतिको संरक्षण, सम्बर्धन र बिकासमा लाग्दै आएको थियो। करिव डेढ दसक अघिदेखी समुदायको राजनीतिक अधिकारको मुद्दा उठाउदै आएको छ । प्रदेश १ को नाम पहिचानको आधारमा किरात राख्न बिशेष पहल गर्दै आएको छ । देशमा समानुपातिक, समाबेसी राज्य व्यवस्था र धर्म निरपेक्षता कार्यान्वयन गर्न पहल गर्दै आएको छ ।
प्रदेश सभामा नाम र स्थायी राजधानीको बारेमा छलफल शुरुहुन लाग्दा राष्ट्रिय सम्मेलनको पारेर, जिल्ला, नगर, गाउँदेखि वडासम्म किरात अभियान लगेर उदघाटन शक्ति प्रदर्शन गर्ने योजना रहेको बुझिन्छ । बैठकमा सल्लाहकारहरु चन्द्रविक्रम, दुर्गा, हरिकुमार राई र जितपाल किरातीको पनि उपस्थिती रहेको छ ।

प्रकाशित : २० पुस २०७५, शुक्रबार ००:००