३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

सरकार जनताप्रति उत्तरदायी हन्छ : प्रम ओली



काठमाण्डौ, १८ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति उत्तरदायी हुने बताउनु भएको छ ।
आज शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताउनु भयो । ‘सरकारका हरेक कदम सुधारका लागि, विकासका लागि र जनताका हितका लागि हुनेछन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
सरकारले कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभुत गर्नेगरी नै समृद्धिका काम गर्ने प्रधानमन्त्री ओलीले बताउनु भएको छ । ‘हामीले समृद्धि प्राप्त ग¥यौँ भनेर मात्र हुँदैन ।’ प्रधानमन्त्री ओलीको भनाइ छ ‘जनताको जीवन स्तरबाट यस कुराको पुष्टि हुनुपर्छ ।’ प्रधानमन्त्री ओलीले कोही पनि नेपाली भोकै मर्न पर्ने अवस्थाको अब अन्त्य हुने भन्दै केही बर्षभित्र नेपाल अल्पविकशित देशको सुचीबाट विकसित देशमा पुग्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने बताउनुभएको छ । हरेक तहका व्यक्तिले आफुभन्दा तल्लो तहका व्यक्तिको नजरमा गीर्ने काम नगरेमा भ्रष्टाचार स्वत अन्त्य हुने प्रधानमन्त्री ओलीको दाबी छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्नुभएको छ । ‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरियता आवश्यक छ ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘चिकित्सकको क्षमताको गुणस्तरीयता र भौतिक गुणस्तरियता दुवै आवश्यक छ ।’

तस्विर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय

प्रकाशित : १८ फाल्गुन २०७४, शुक्रबार ००:००